
३ असोज, काठमाडौं । ‘भारतको जासुस गरेको’ र संवेदनशील सुचना ‘चिनियाँ गुप्तचर’लाई पठाएको आशंकामा नेपाली र चिनियाँ नागरिक दिल्लीमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा चिनियाँ महिला र उनकी सहयोगी नेपाली युवक रहेको जनाइएको छ । उनीहरुलाई पक्राऊ गर्ने क्रममा भारतका एकजना स्वतन्त्र पत्रकार राजीव शर्मा पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट ठूलो परिमाणमा मोबाइल सेट, ल्यापटपसहितका महत्वपूर्ण सामाग्रीहरु बरामद गरिएको प्रहरीको भनाई छ । बरामद गरिएका मोबाइल तथा ल्यापटपलाई रिकभर गरेर थप अध्ययन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
स्पेशल सेलका डीसीपी सञ्जिवकुमार यादवले उनीहरूले दिल्लीको महिपालपुरमा एउटा कम्पनी खोलेका थिए । त्यही कम्पनी मार्फत कारोबार भइरहेको थियो । चिनियाँ गुप्तचरलाई पत्रकार शर्माले सन् २०१६-२०१८ बिचका दस्तावेज दिएकाे डीसीपी यादवले संचार माध्यमलाई जानकारी दिएका छन् ।
पक्राउ परेका नेपालीकाे नाम खुलाईएकाे छैन् । उनी पत्रकार शर्माका सहयोगी भएको जनाइएको छ ।