समाचार

कुलमानको समर्थनमा प्रदर्शन गर्ने बब्लु र मनिषमाथि कुटपिटबारे छानबिन हुने

Bablu Gupta Nepali

३ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रर्दशनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानविन  हुने भएको छ।

१०० ग्रुपका गुप्तामाथि बिहीबार प्रहरीले निर्घाट कुटपिट गरेको थियो । प्रदर्शनका क्रममा नियन्त्रणमा लिइसकेपछि पनि प्रहरीले कुटेको थियो । यस्तै शुक्रबार विजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको कुटपिटबाट श्रेष्ठको टाउमा चोट लागेको छ ।

दुबै घटनामा प्रहरीले सार्वसाधारणमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि प्रहरीले छानबिन समिति गठन गरेको हो । रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा बनेको समितिमा डीएसपी भवेश रिमाल र प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल छन् ।

समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको जानकारी महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस