समाचार

डा. केसीको समर्थनमा जुम्लामा दिप प्रज्वलन

jumla dip prajwolan

३ असोज, जुम्ला । चिकित्सा शिक्षाको सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने माग राख्दै १९ औं सत्याग्रहमा बसेका डा.गोविन्द केसीको समर्थनमा जुम्लाको नागरिक समाजले शनिबार दिप प्रज्वलन गरिएको छ ।

डा.केसीको अनशनलाई ऐक्यबद्धता जनाउँदै नागरिक समाजलेखलंगा बजारमा रहेको कृष्ण मन्दिर अगाडि दिप प्रज्वलन गरेको हो । नागरिक समाज, नेपाली कांग्रेसका नेता कार्यकर्ता र पूर्व सांसद ललीजंग शाही लगायतको टोलीले दीप प्रज्वलन गरेर केसीको जीवनरक्षा माग गरेका हुन् ।

जुम्ला नागरिक समाजका अध्यक्ष राजबहादुर महतले नेपाली जनताको स्वास्थ्यको अधिकार र केसीको बाच्न पाउने अधिकारलाई सुनिक्षित गर्न सरकारले चाँडो भन्दा चाँडो केसीका मागलाई पूरा गर्नेपर्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस