समाचार

कोरोना भाइरसबाट जोगिने उपाय नै नागरिक सचेतना

covid 19

४ असोज, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने प्रभावकारी उपाय भएको बताएका छन् ।

कोरोनाबाट उत्पन्न समस्या समाधान गर्न अबको परिस्थिति सामना गर्न नागरिक आफैँ सचेत बन्न जनप्रतिनिधिले आग्रह गरेका छन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यञ्जुले कोरोना भाइरसबाट सिर्जित समस्या समाधान सरकार र जनप्रतिनिधिले मात्र गरेर नहुने भन्दै यसमा नागरिक आफैँ सचेत बन्नुपर्ने सुुझाव दिए । अब आर्थिक पक्ष चलायमान बनाउन नसके कोरोनाले भन्दा पनि भोकमरीको समस्या उत्पन्न हुनसक्नेप्रति उनीहरूले चिन्ता व्यक्त गरे ।

प्रमुख व्यञ्जुका अनुसार हरेक नागरिकले मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न सके कोरोना नियन्त्रण हुन सक्ने भन्दै त्यसका लागि नागरिक सचेत बन्नुपर्छ । उनले भने, “अरूको दबाबमा परेर भन्दा आफैँ सचेत भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने हो भने कोरोनाबाट धेरै हदसम्म बच्न सकिन्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस