विश्व/प्रवास

अमेरिकाले रुससँग झडपपछि सिरियामा सैन्य ताकत बढायो

america vs russia

४ असोज, काठमाडौं । रुसी सेनासँग भएको झडपपछि अमेरिकाले सिरियामा आफ्नो सैन्य उपस्थिती बढाइदिएको छ । अमेरिकाले ६ वटा ब्रेडले फाइटिङ वाहन र सय सैनिकलाई सिरियाको उत्तर–पूर्वी सीमामा तैनाथ गरेको जानकारी दिएको छ ।

अमेरिकी नौसेनाका क्याप्टेन बिल अर्बनका अनुसार यो निर्णयले ‘गठबन्धन बलको सुरक्षा र सेक्युरिटी सुनिश्चित गर्नेछ’ ।

यस वर्ष अमेरिका र रुसका पेट्रोलिङ सैन्य टुकुडीबीच धेरैपटक झडप भएका छन् । अमेरिकाले ‘सेन्टिनल राडार’ जडानसँगै लडाकु विमानको गस्ती पनि बढाएको अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता अर्बनले शुक्रबार बताएका छन् ।

आफ्नो वक्तव्यमा उनले भनेका छन्, ‘अमेरिका सिरियामा कुनै सेनासँग टकराव गर्न चाहँदैन, तर आवश्यक परेका खण्डमा गठबन्धनले सेनाको रक्षा गर्नेछ ।’

अमेरिका र रुसबीच केही हप्तायतभा उत्तरपूर्वी सिरियामा तनाव बढिरहेको छ । अगस्टको अन्त्यमा रुसको एक गाडीसँगको टक्करमा सात अमेरिकी सैनिक घाइते भएका थिए । यसमा दुई देशले एकअर्कालाई दोषी भनेर आरोप लगाएका छन् ।

स्रोतः बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस