समाचार

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

covid 19 dead

४ असोज, बाँके । कोरोना संक्रमणबाट बाँकेमा शनिबा राति एक पुरुषको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ बर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनको दुबै तिरको फोक्सोमा निमोनिया भएर मृत्यु भएको श्रेष्ठले जानकारी दिए । उनी भदौ २० गते स्वास्थ्यमा समस्या उत्पन्न भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *