४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । शुक्रबार स्थगित भएको सचिवालय बैठक आज बिहान ११ बजे तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो।
सविचलाय बैठकमा विवाद समाधानका लागि गठित कार्यादलले बुझाएको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ । स्रोतका अनुसार आज बस्ने सचिलाय बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस