समाचार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

gold shop

४ असोज, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यस्थितर रहेको छ भने चाँदीको सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९७ हजारमा कारोबार भइरहेको छ । यस्तै आज तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आइतबार चाँदी तोलामा १३१५ रुपैयाँमा काराबोर भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १३३० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्य सामान्य घटबढ हुँदै आएको छ तर मूल्य उच्च हुँदा कारोबार ठप्प रहेको व्यवसायीहरु बताउँछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस