समाचार

पहिलो पटक कोरोनाबाट नेपाली सेनामा कार्यरत एकको मृत्यु

covid 19 dead

४ असोज, काठमाडौं । कोरोना संक्रमणबाट पहिलोपटक सुरक्षा निकायका एकजनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा कार्यरत रामेछापका एक ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।

लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको प्रवक्ता पौडेलले बताए । उनले भने, “हामीले पनि ढिलो गरी जानकारी पायौं । मृतक सैनिकमा पहिले नै ‘ब्‍लड क्यान्सर’ थियो । उपचारकै क्रममा उनको मृत्यु भएपछि कोरोना पोजेटिभ पाइएको हो ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस