समाचार

कर्मचारीलाई बलात्कार गरेको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

dhangadi police

४ असोज, धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

गाउँपालिकामा कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा कैलालीको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो ।

गाउँपालिकामै कार्यरत महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा प्रशासन अधिकृत भानुभक्त उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

उपाध्यायविरुद्ध बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *