समाचार

पेरिसडाँडाबाट बालिका खड्का प्रहरी नियन्त्रणमा

Balika Khadka

४ असोज, काठमाडौं । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी महिला बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनले नेताहरूसँग भेट्ने भन्दै प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

‘उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । उहाँ नेताहरूलाई भेट्न भन्दै कार्यालयभित्र जान खोज्दै हुनुहुन्थ्यो,’ उनले भने, ‘पछि भेट्नु भन्दा नमानेपछि नियन्त्रणमा लिइएको हो ।’

उनलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखेर सोधपुछ गरिरहेको छ । उनले किन भेट्न खोजेको हो भन्ने कुरा नखुलेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए ।

यसअघि खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मुद्दा दायर गरेर उक्त मुद्दा फिर्ता लिएकी थिइन् । उनले गत बिहीबार मुद्दा फिर्ता लिँदै अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै फिर्ता लिएकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस