४ असोज, चितवन । चितवनमा कोरोना (कोभिड १९) संक्रमति थप एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा चितवनका कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको आज १२ बजे मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले भदौ २६ गते श्वास प्रश्वासमा समस्या र निमोनिया भएर अस्पताल भर्ना भएका ती पुरुषको आज मृत्यु भएको जानकारी दिए ।
उनको स्वाब परीक्षण गर्दा शनिबार (भदौ ३ गते ) कोरोना पोजेटिभ देखिएको थियो । उनको अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस