४ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या ५४ लाख नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट ५४ लाख ६२० मानिसहरु संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९२ हजार ६०५ नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ८६ हजार ७५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १३३ जनाको मृत्यु भएको हो ।
भारतमा अहिलेसम्म ४३ लाख तीन हजार ४४ संक्रमित निको भइसकेका छन् भने १० लाख १० हजार आठ सय २४ जना निको हुन बाँकी छन् । भारतीय मेडिकल रिसर्च काउन्सिलका अनुसार भारतमा अहिलेसम्म ६ करोड १५ लाख ७२ हजार तीन सय ४३ जनाको कोरोना परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस