बैँक / वित्त

हिमालयनसँग मर्जरमा जानेबारे जानकारी नगराएको भन्दै नेप्सेले सिभिलसगँ माग्यो स्पष्टिकरण

nepse

४ असोज, काठमाडौं । हिमालयन बैंक सँग मर्जमा जाने चर्चा चले सगैँ सिभिल बैंकको शेयर मूल्य आज एक्कासी बढे्को छ । तर, बैंकले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई मर्जमा जाने विषयमा जानकारी नगराएको भन्दै नेप्सेले बैंकसँग लिखित जवाफ माग गरेको छ ।

नेप्सेले आज एक विज्ञप्ती निकाल्दै विभिन्न संचार माध्यममा हिमालयन बैंक र सिभिल बैंकको मर्जरको विषयमा समाचार प्रकाशन भए पनि नेप्सेलाई त्यो बारे जानकारी नभएको बताएको हो ।

नेप्सेले सोमबार बजार खुल्नु अगाडि नै आधिकारिक धारणा पेस गर्न समेत निर्देशन दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस