समाचार

काठमाडौंमा ६०२ सहित उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित

Kathmandu

४ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार उपत्यकाको काठमाडौं जिल्लामा ६ सय २ जना, ललितपुरमा ६४ जना र भक्तपुरमा एक सय एक कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, आइतबार नेपालमा थप १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस