
४ असोज, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला र चारजना पुरुषको मृत्यु भएको हो । काठमाडौंका एक पुरुष र तीन महिला, भक्तपुर र ललितपुरको एक–एक गरी उपत्यकाका ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
धनुषा, चितवन, रुपन्देहीका एक–एक पुरुष र पाल्पाकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस