जीवनशैली

वर्ष २०७६ को मदन पुरस्कार बानियाँको ‘महारानी’लाई

maharani madan puraskar

४ असोज, काठमाडौं । २०७६ को मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई प्रदान गरिने भएको छ।

मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र  जगदम्बा-श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारका लागि गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिए थियो ।

मनोनयनमा विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, शारदा शर्माको ‘यात्रामा’, योगी धर्ममहारसको महारसनिघण्टु (१–३), ललित विष्टको ‘मोहपथ’ पनि परेका थिए ।

मदन पुरस्कारको राशी चार लाख रुपैयाँ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस