समाचार

झापाबाट लागुऔषध सहित २ जना पक्राउ

lagu aausad sahit 2 jana pakrau

४ असोज, विराटनगर । झापाको गौरदह-९ बैगुनधुराबाट सशस्त्र प्रहरीको टोलीले एक सय ६० बोतल कोडिन नामक लागूऔषधसहित दुई जना प्रकाउ परेका छन् ।

पक्राउ पर्नेमा गौरदह-३ का २२ वर्षीय राजेश महतो र सोही स्थानका २७ वर्षीय प्रमानन्द राजवंशी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गौरीगंजबाट स्यालडाँगीतर्फ जाँदै गरेको बीआर ३८ एसए ५६३० नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बैगुन्धुराबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस