राजनीति

सरिता गिरी पुनः राजनीतिमा प्रवेश, शुरु गरिन् लोकतान्त्रिक अभियान

sarita giri

४ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गरी जनता समाजवादी पार्टी नेपाल बनाएको तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी सरिता गिरीले तराई मधेश बृहत लोकतान्त्रिक अभियान गठन गरेर मधेशको राजनीतिमा पुनः प्रवेश गरकी छिन् ।

असोज २ गते लोकतान्त्रिक अभियानको घोषणा गरेकी गिरीले अन्ततः नेपाल सद्भावना पार्टीलाई मधेशमा सक्रिय बनाउने लक्ष्य लिएकी छिन् ।

नेपाल सद्भावना पार्टी नेपालले असोज ३ गतेको दिनलाई कालो दिवसको रुपमा मनाउन आयोजना गरेको कार्यक्रममा उनी अभियानको तर्फबाट सहभागी हुन जनकपुर पुगेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस