समाचार

चन्द्रागिरिबाट २ केजी चरेशसहित एकजना पक्राउ

arrest with chares

४ असोज, काठमाडौं । अवैध लागूऔषध चरेशसहित थाहा नगरपालिका–७ पाखुरे घर भएका सुबिन्द्र स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१२ ईन्चाटोलबाट २ केजी अवैध लागूऔषध चरेशसहित स्याङ्तान पक्राउ परेका हुन् ।

सुराकको आधारमा नियन्त्रणमा लिएर खानतलासी लिँदा उनको साथबाट २ किलो चरेश बरामद गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए ।  शुक्रवार साँझ पक्राउ गरेर उनलाई लागुऔषध नियन्त्रण ऐन–०३३ अनुसार अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस