
४ असोज, विराटनगर । प्याजको कालोबजारी गरेको आरोपमा विराटनगरका दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर गुद्री बजारमा ४७ रुपैयाँमा खरिद गरेको प्याज १०० रुपैयाँमा बिक्री गरेको आरोपमा दुई जना व्यापारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा विजयकुमार योगेश पसल सञ्चालन गर्दै आएका विराटनगर महानगरपालिका वडा नम्बर ९ का ३८ वर्षीय सञ्जयकुमार गुप्ता र तनिसा ट्रेडर्स पसल सञ्चालन गर्दै आएका २९ वर्षीय मुकेशकुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
कालोबजारीको सूचना पाएपछि ग्राहक बनेर गएको प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस