समाचार

कोरोनाबाट सप्तरीमा थप एक जनाको मृत्यु

covid 19 dead

४ असोज, काठमाडौं । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ की ६२ बर्षीया महिलाको राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमै मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार उनको आइतबार साँझ ६ बजेतिर मृत्यु भएको हो ।

गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख डा. रन्जितकुमार झाका अनुसार असोज २ गते श्वासप्रश्वास सम्बन्धी समस्याका कारण उपचारार्थ ती महिला अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । सोही दिन उनको स्वाब लिइएको थियो ।

आइतबार साँझ उनको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालबाट साइकृष्ण मेडिकल कलेजको आइसोलेसन लगिएको थियो । एम्बुलेन्सबाट ओर्लेर आईसोलेसन कक्षतर्फ लग्ने क्रममा उनको मृत्यु भएको मेडिकल सुपरिटेन्डेन्ट डा. झाले जनाए ।

योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस