खेलकुद समाचार

युभेन्टसमा पिर्लोको विजयी सुरुवात

ronaldo

५ असोज, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले गोल गर्दा नयाँ प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्टसले इटालियन सिरिए ए को पहिलो खेलमा साम्पडोरियामाथि ३–० को सहज जीत हासिल गरेको छ ।

डेब्युमा डेजन कुलुसेभ्सकीले गोलको खाता खोलेपछि लियोनार्डो बोनुची र क्रिस्टियानो रोनाल्डोले एक-एक गोल गरे । मिलान र युभेन्टसका प्रशिक्षक रहेको पिर्लोले आश्चर्यजनक रूपमा टुरिन क्लब हेर्ने जिम्मा पाएका हुन् ।

मउरिजो सारी बर्खास्त भएपछि प्रशिक्षणमा अनुभव नभएका पिर्लोलाई अवसर दिइएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस