समाचार

सोमबारको मौसम पूर्वानुमान

cloudy weather

५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघगर्जन र चट्याङसहितको भारी वर्षा हुने पुर्वानुमान गरेको छ ।

केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने भएकाले आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ । हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ ।

महाशाखाले हाल देशभर सामान्य बदली रहेको छ भने प्रदेश १,२ का केहि स्थानहरूमा पूर्ण बदली रहि थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश  नं १, प्रदेश  नं २ का केहि  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै,  प्रदेश  नं १, प्रदेश  नं २ र बाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ साथै प्रदेश  नं १, प्रदेश  नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस