
५ असोज, सुर्खेत । कोरोना संक्रमणबाट बाँकेमा एक जना कैदीबन्दीको मृत्यु भएको छ ।
सुर्खेत गुर्भाकोट नगरपालिका वडा नम्वर ४ सहारे घर भएका ५८ वर्षीय पुरुषको आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार उनी दमको बिरामी रहेकाले श्वासप्रश्वासमा जटिल समस्या थियो । उनलाई उपचार गर्नकै लागि सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएको थियो । स्वास्थ्य समस्याकै बीच भदौ २१ गते बिहान दश बजे स्वाव लिइएको थियो ।
त्यही दिन राती दश बजे कोरोना पोजिटिभ थाहा भएकाे थियाे । भदौ २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो । भेरी अस्पतालले उनको आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको पुष्टि गरेको छ ।
प्रतिक्रिया दिनुहोस