समाचार

माछालाई चारो हाल्न गएका ३ आमाछोरीको डुबेर पोखरीमा मृत्यु

Death Body

५ असोज, विराटनगर । मोरङकाे ग्रामथानमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका २ छोरीहरु १३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिका रहेका इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

आईतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्कीएपछि खोजी गर्दा पोखरी भित्र शव फेला परेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । उनीहरुको के कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *