समाचार

उर्जा मन्त्रालयले भन्यो- पूर्वजानकारी नदिई लोडसेडिङ भए तुरुन्त खबर गर्नु

bulb

५ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङले चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै आम मानिस फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने चिन्तामा देखिन्छन् ।

दैनिक १६ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर आम मानिसको मन जितेका घिसिङलाई दोस्रो कार्यकाल पनि प्राधिकरणमा जिम्मेवारी दिनुपर्ने माग चर्को रुपमा उठिरहेको छ। उनको पक्षमा सडकमा समेत प्रर्दशन भइरहेको छ ।

घिसिङको बगिरगमनसँगै प्राविधिक कारणले विजुली जाँदासमेत आम मानिसले लोडसेडिङ सुरु भएको आशंका व्यक्त गरिरहँदा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्रालयले पूर्वजानकारी विना आफ्नो क्षेत्रमा बत्ती गएमा तुरुन्त मन्त्रालय वा प्राधिकरणमा जानकारी गराउन आग्रह गरेका छन् ।

पूर्व सूचना बिना लोडसेडिङ भएमा उर्जामन्त्री वर्षमान पुनको सचिवालय र विद्युत प्राधिकरणमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले फेसबुक मार्फत जानकारी दिएका छन् ।

सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के. भी. प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्व सूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको सन्दर्भमा भ्रम उत्पन्न हुन गएको समेत उनले उल्लेख गरेका छन् ।

‘यदि कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा माननीय ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री श्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्नुहुन अनुरोध छ’, भट्टले फेसबुकमा लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस