समाचार

कीर्तिमानी पर्वातारोही आङरिता शेर्पाको निधन

angrita

५ असोज, काठमाडौं । पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ ।

आज बिहान १० बजे निजी निवास  जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए । शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए ।

उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर चर्चित छन् । उनको जन्म सोलुखुम्बुमा भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस