समाचार

मकवानपुरमा बेलुकी ७ बजेसम्म पसल सञ्चालन गर्न दिइने

makwanpur thaha

५ असोज, मकवानपुर । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा खाद्यान्न, औषधि पसल, तरकारी फलफूल र इन्धनलगायत पसल बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले होटेल तथा रेस्टुराँभित्र खाना खाजा खान निषेध गरेको छ । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी जिल्लाभरि नै दलगत भेला, जुलुस, धर्ना तथा धार्मिक पर्व आयोजना गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता देवचन्द्र गडतौलाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *