
५ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ महामारीमा कैदीबन्दीको स्वास्थ्य अधिकारका सम्बन्धमा देशव्यापी अनुगमन शुरू गरेको छ ।
आयोगका सदस्य सुदिप पाठक नेतृत्वको असोज ५ देखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न जिल्लाको कारागार अनुगमनका लागि खटिएको आयोगको भनाइ छ । अनुगमन टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सह–सचिव तथा अधिकृतहरुको सहभागिता रहने जनाइएको छ ।
पछिल्लो समय देशका धेरै कारागारमा कैदीबन्दीहरुलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणको समयमा उनीहरुले उपचारको पर्याप्त अवसर पाएको वा नपाएको लगायतका विषयमा आयोगले अनुगमन गर्नेछ ।
कारागारमा रहेका कैदी बन्दीहरुको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील हुन आयोगले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस