बैँक / वित्त

बैंक अफ काठमाडाैं र ‘खल्ती’ डिजिटल वालेटबीच सहकार्य, बैंक खाताबाट भुक्तानी गर्न सकिने

BOK and Khalti

५ असोज, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई खल्ती डिजिटल वालेटमा सजिलै पैसा लोड गर्न दिन खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा बैंक अफ काठमाण्डू लिमिटेडका बजार व्यावस्थापन प्रमुख रितेश लामिछाने र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले एक कार्याक्रमका बिच हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बीओकेका ग्राहकले आफ्नो बैंक खाता लिंक गरेर, बैंकको डिजिटल सेवा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ मार्फत ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न सकिने उल्लेख गरिएको छ । साथै ग्राहकले खल्तीबाट उपलब्ध डिजिटल सुबिधा प्रयोग गर्न सक्नेछन् ।

खल्ती डिजिटल वालेट नेपालको पेमेन्ट गेटवे हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस