समाचार

कोरोना संक्रमणबाट ताप्लेजुङमा एकको मृत्यु

covid 19 dead

५ असोज, ताप्लेजुङ । कोरोना संक्रमणका कारण ताप्लेजुङकी एक महिलाको मृत्यु भएको छ । पाथीभरा याङवरक गाउँपालिकाकी ३७ वर्षीय महिलाको मोरङको बिराट मेडिकल कलेजमा उपचारका क्रममा सोमवार विहान पौने ११ बजे मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार मृतक महिलामा कलेजो सम्बन्धी समस्या थियो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनील देवका अनुसार महिलामा ३० भदौमा संक्रममण पुष्टि भएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

सुरुमा उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना भएकी उनी कोरोना पुष्टि भएपछि विराटमा ल्याइएकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस