
५ असोज, काठमाडौं । कोरोना भाइरसको महामारीका बिचमा देशभर सार्वजनिक यातायात र लामो दूरीमा संचालन हुने यातायातका साधन संचालनमा समस्या भईरहेको विषयलाई ध्यानमा राखेर इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ ।
विगत लामो समयदेखि उपत्यकाका ट्याक्सी व्यवसायीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित तरिकाले संचालन गर्नको लागि काम गरिरहेको छ । इजी ट्याक्सीको चाडवाड अफर, ट्याक्सी चढि दशैंमा गाउँघर नारासहित इजी ट्याक्सी नेपाल एपले ट्याक्सीमार्फत घरजाने सुबिधा सहितको बुकिङ्ग खुला गरेको हो ।
सोही एपमार्फत नै यात्रुले आफुले चाहेअनुसार ट्याक्सी रिजर्भ तथा बुक गर्न सक्छन् । जसअन्तर्गत काठमाडौंबाट कुन स्थानसम्म जाने र कुन दिन जाने निश्चित गरेर यात्रा अग्रिम बुकिङ्ग गरी दर्ता गर्न सकिने इजी ट्याक्सी नेपालले बताएको छ ।
नेपालमा नै पहिलोपटक यस्तो सुविधा ल्याएको इजी ट्याक्सी नेपाल एपका अध्यक्ष संजित पौडेलले बताए । इजी ट्याक्सी नेपालले दशैंमा घरजाने सबैलाई सुरक्षितरुपमा यात्रा गराउने उद्देश्य लिएको छ ।
कसरी गर्ने बुकिङ
यात्रुले बुकिङ गर्न इजी ट्याक्सी नेपाल एपमार्फत् आफ्नो सम्पूर्ण यात्राको विवरण भरेर दर्ता गर्नुपर्नेछ । सो दर्ताको आधारमा यात्रुको मोबाइल नम्बरमा मेसेज आउँछ । मेसेज आएपछि कम्पनीले यात्रुसँग व्यक्तिगतरुपमा बुकिङ निश्चित गर्नेछ ।
सोही एपमार्फत् यात्राको कति शुल्क लाग्ने र कुन स्थानसम्म जाने भनेर छनौट गर्न सकिन्छ । यात्रुले ट्याक्सी बुक भए/नभएको जानकारी दिन्छ ।
इजी ट्याक्सी नेपाल एपमा आबद्ध ट्याक्सी चालकहरुलाई कम्पनीले यसअघि नै कोरोना बीमा गरिसकेको छ । सुरक्षित यात्रा गराउन स्यानिटाइजर, मास्क र पञ्जाको समेत व्यवस्था मिलाएको अध्यक्ष पौडेलले जानकारी दिए ।
याे एपमार्फत यात्रुहरुले सरकारी दररेटमा नै घरसम्म ट्याक्सी बुकिङ्ग गरेर सजिलो यात्रा गर्नसक्ने उनको भनाइ छ ।
इजी ट्याक्सी नेपाल एपमा हाल देशभरका ५ हजार भन्दा बढी ट्याक्सीहरु संचालनमा छन् । सेवाग्राहीहरुले हाल आफ्नो मोबाइलमा रहेको पुरानो एप अपडेट गरेर यो सुबिधा लिनसक्छन् ।