
५ असोज, चितवन । ईच्छाकामना गाउँपालिका-६ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ग.५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार गोरखा शहीदलखन गाउँपालिका-५ का ४५ वर्षीय सुनबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शहीदलखन गाउँपालिका-५ बस्ने १८ वर्षीय करण आले मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस