राजनीति

राष्ट्रपतिबाट‘हिमचितुवा’को निधनमा दुःख व्यक्त

bidya bhandari

५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङ्रिता शेर्पाको असामयिक निधन भएकामा  दुःख व्यक्त गरेकी छिन् ।

आज अपराह्न ट्वीट गर्दै राष्ट्रपतिले ‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएकी छिन् ।

दिवङ्गत शेर्पाको आत्माको चीरशान्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा समवेदना पनि व्यक्त गरेकी छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस