समाचार

१ अर्बमा किनेका रेल त्रिपाल ओढाएर पार्किङमा

railway

५ असोज, काठमाडौं । जनकपुर-जयनगर रुटमा चलाउन शुक्रबार तामझामसहित नेपाल आइपुगका रेलहरु अहिले पार्किङमा छन् । नेपाल रेल्वे कम्पनीका अनुसार यी रेल धनुषाको इनर्वामा पार्किङमा राखिएका छन् ।

करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल तत्कालकै अवस्थामा चल्न नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बताएको छ । महंगो मूल्यमा नेपालले किनेको रेल कहिलेदेखि चल्छ भन्ने निश्चित छैन ।

महामारीका कारण भारतसँगको सीमा नाका बन्द रहेको र अहिलेसम्म भारतले ड्राइभरसहितको जनशक्ति पनि नदिएकाले रेल चलाउन नसकिएको कम्पनीलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ ।

नेपालले नै तलब सुविधा दिने गरी भारतले २६ जना दक्ष जनशक्ति पनि पठाउँदैछ । त्यसबाहेक रेल्वे कम्पनीले पनि गत हप्तामात्रै कम्पनीका लागि डेढ सयभन्दा बढी कर्मचारीको भर्ना खुलाएको छ ।

सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो। भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस