समाचार

मकवानपुरमा बलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

road accident

५ असोज, मकवानपुर । मकवानपुरको राक्सिराङमा भएको बलेरो दुर्घटनामा मृत्युहुनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय सुजन शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो मनहरीबाट सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो दुर्घटनामा दुई बालकको घटनास्थलमै मृत्यु भएको थियो भने शाही गम्भीर घाइते भएका थिए ।

शाहीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *