६ असोज, लमजुङ । बेसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्ते विकको चट्याङ लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गंडाबहादुर थापाका अनुसार विक सोमबार साँढे ५ बजे चट्याङ लागेर घाइते भएका थिए। उनको लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
चट्याङले पुमागाउँकै २२ वर्षीया चिजा गुरुङ घाइते भएकी छिन् । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रनाउ थापाले बताए ।
प्रतिक्रिया दिनुहोस