समाचार

डमरुमा लुकाएर रक्तचन्दन तस्करी, बौद्धबाट ४ जना पक्राउ

Damaru

६ असोज, काठमाडौं । दुर्लभ वनस्पती रक्तचन्द तस्करीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले धार्मिक काममा प्रयोग हुने डमरुभित्र लुकाएर रक्तचन्दनको कारोबार गर्ने ४ जनालाई बौद्धबाट सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका घर भएका सुनिल तामाङ, म्याजम गापा घर भएका २८ वर्षीय ओमबहादुर तामाङ, काभ्रे तिमालका २९ वर्षीय  कैलाश तामाङ र सिन्धुपाल्चोक हेलम्बु घर भएका ४२ वर्षीय लाक्का लामा रहेका छन् ।

पक्राउ गरिएकाहरुको साथबाट २१ किलो ९ सय ग्राम रत्तचन्दन बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले बताए ।

सो समूहले काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुलीमा डमरु कारखाना खोलेर सोही आवरणमा रक्तचन्दनको काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । बरामद रक्तचन्दनको मूल्य १ लाख ८६ हजार १५० रुपैयाँ पर्छ ।

तस्करीमा संलग्न मुख्य अभियुक्त भने अझैं फरार रहेकाले खोजी भइरहेको एसएसपी थापाले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस