६ असोज, काठमाडौं । काभ्रेमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–५ चौकोटकी ५० वर्षीया महिला रहेकी छिन् ।
उनको सोमबार राति धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि उनको मृत्यु भएको हो ।
उनी आमाशयको क्यान्सर रोगी थिइन् । यससँगै काभ्रेमा कोरोना संक्रमणबाट तीन महिला र दुई पुरुष मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस