समाचार

आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold shop

६ असोज, काठमाडौं । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार भन्दा सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजारमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा भने १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस