समाचार

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

bead body tag

६ असोज, सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको मृत्यु भएको छ ।

आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आज बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो ।

 स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्षसमेत थिए । उनको श्रीमती र तीन छोराछोरी रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस