समाचार

डा. केसी काठमाडौं आउँदै, अबको सत्याग्रह त्रिवि शिक्षण अस्पतालमा

gobinda kc 1

६ असोज, काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै  १९औं अनशन जुम्लामा सुरु गरेका डा.गोविन्द केसी काठमाडौं आउँदै छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्‍नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्नेलगायत ६ बुँदे माग राखेर गत भदौ २९ गते जुम्लाको चन्दननाथ ६, रानीचौरमा रहेको वाविरा मन्दिरमा १९औं सत्याग्रह सुरु गरेका थिए । आज सत्याग्रहको नवौं दिन हो ।

सहयोगी प्रितम सुवेदीका अनुसार जुम्लाबाट (हिजो) सोमबार बेलुका नेपालगन्ज पुगेका केसी मंगलबार बिहान ११:२५ बजेको बुद्ध एयरको नियमित उडानबाट काठमाडौं आउन लागेको जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौं आएपछि पनि उनी त्रिवि शिक्षण अस्पतालमा रहनेछन् र  सत्याग्रहलाई निरन्तरता दिनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस