
६ असोज, काठमाडौं । नेकपाको केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
आइतबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा बसेको बैठक सोमबार त्यहीँ बस्ने भने पनि स्थगित भएर सोमबार (आज) बालुवाटारमा सुरु भएको हो ।
बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनसहित विभिन्न उजेन्डाहरुमा छलफल हुने नेकपा स्रोतले जनाएको छ । आइतबार पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठनसहित चार एजेन्डामा छलफल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस