६ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिरहेको बेला चीनमा ब्याक्टेरियाको संक्रमणबाट लाग्ने ब्रुसेलोसिस रोगको संक्रमण फैलिएको छ ।
ग्लोबल टाइम्सले उल्लेख गरेअनुसार अघिल्लो सोमबारसम्म चीनको गाङ्सु प्रान्तको लाङझोउमा तीन हजार २४५ जना मानिसमा यो रोगको संक्रमण देखिएको हो ।
करिब २२ हजार मानिसमा गरिएको परीक्षणमा चार हजार ६ सयभन्दा धेरैको प्रारम्भिक नतिजा पोजेटिभ आएको थियो । गाङ्सु प्रान्तले तीन हजार २४५ जनामा यो रोगको संक्रमण पुष्टि गरेको ग्लोबल टाइम्सले जनाएको छ । यससँगै चीनमा यो रोगको संक्रमण अझै बढ्न सक्ने आशंका बढेको छ ।
के हो ब्रूसेलोसिस र यो कसरी फैलन्छ ?
ब्रुसेलोसिस एक ब्याक्टेरियाले निम्त्याउने रोग हो जुन विशेषगरी गाई, भेडा, बाख्रा, सुँगुर र कुकुरलाई संक्रमित गराउँछ । मानिसहरु संक्रमित जनावरको सम्पर्कमा आए उनीहरु पनि संक्रमित हुने सम्भावना छ ।
यस्तै, संक्रमित पशु उत्पादन खाँदा वा हावामा भएको ब्याक्टेरिया सास फेर्दा मानिससम्म पुग्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धेरैजसो यो रोग संक्रमित जनावर बिना नै पश्चरीकृत दुध वा पनिरको सेवनले मानिसमा सरिररहेको छ ।
मानिस–मानिसबीच संक्रमण फैलने सम्भावना निकै कम छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग संसारका अन्य देशमा पनि देखिएको जानकारी आइरहेको छ । यसको उपचार सम्भव छ । औषधीको सिलसिला एक–डेढ महिनासम्म चल्नसक्छ ।
के हो यसको लक्षण ?
रोगको लक्षण देखिन एक हप्तादेखि २ महिना लाग्नसक्छ । तर धेरैजसो २ देखि ४ हप्ताको बीचमा देखिन्छ । ज्वरो आउनु, पसिना निस्कनु, थकाई लाग्नु, भोक नलाग्नु, टाउनको दुख्नु, तौल घट्नु र मांसपेशीमा दुखाई हुनु यो रोगको मुख्य लक्षण हो ।
कुनै लक्षण लामो समयसम्म रहिरहन सक्छ भने कसैमा यो थोरै समयका लागि देखिन्छ । जस्तै कि पटक–पटक ज्वरो आउनु, जोर्नी दुख्नु, अण्डकोष सुन्निनु, मुटु वा कलेजो सुन्निनु, थकान, डिप्रेसन आदि ।
थुप्रै पटक लक्षण निकै हल्का हुन्छन् ।
चीनमा यो कसरी सुरु भयो ?
यो ब्याक्टेरिया गत वर्ष जुलाई–अगस्टमा एक फ्याक्टिमा भएको चुहावट पछि फैलिएको थियो ।
यो ब्याक्टेरियाको उपचारका लागि बन्ने ब्रूसिला भ्याक्सिनको उत्पादनमा एक्सपाइर भइसकेका किटाणु नाषकको प्रयोग गरिएको थियो जसका कारण ब्याक्टेरियाबाट संक्रमित एरोसोल्स हावामा फैलिएको थियो ।
त्यसपछि यो हावामार्फत् मानिसहरुमा संक्रमण फैलियो र यो रोगको सुरुवात भयो ।
त्यसपछि के कारवाही गरियो ?
न्यूज एजेन्सी एनएनआईले लानजोउ हेल्थ कमिशनलाई उद्धृत गर्दै यो रोग फैलिएको एक महिनापछि प्रान्तीय र म्यूनिसिपल अधिकारीले फ्याक्ट्रिको चुहावटका लागि अनुसन्धान सुरु गरे ।
जनवरीसम्म यो कारखानाको भ्याक्सिन उत्पादनको लाइसेन्स रद्द गरियो । कारखानामा कूल सात जनावरको औषधीको अप्रुभल नम्बर रद्द गरियो ।
एएनआईका अनुसार कारखानाले फेब्रुअरीमा सार्वजनिक रुपमा माफी माग्यो र आफूले यो मामिलामा जिम्मेवार आठ व्यक्तिलाई कडा सजाय दिएको जानकारी दियो ।