६ असोज, काठमाडौं । महालक्ष्मी विकास बैंक लिले ऋणीहरुलाई ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ।
कोरोना महामारीले उत्पन्न गरेको असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्याउने उद्देश्यले ऋणीहरुले असोज मसान्तभित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो ।
ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दे बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको जानकारी दिएको छ ।
बैकले हाल देशको शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस