समाचार

भेरी अस्पतालका मेसु डा. प्रकाश थापालाई कोरोना पुष्टि

prakash thapa

६ असोज, बाँके । भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डा. थापाले सोमबार ज्वरो आएपछि कोरोना परीक्षण गरेका थिए । त्यसको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ । कोरोनाविरुद्धको अभियानमा शुरुवातदेखि नै खटिएका डा. थापालाई असोज ३ गते संविधान दिवसको अवसरमा सरकारले विभूषितसमेत गरेको थियो ।

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा मंगलबार थप २९ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकाहरु बाँके र बर्दियाका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस