समाचार

टेलिफोनको तार चोरी गर्ने ४ जना पक्राउ

Pakrau Biratnagar

६ असोज, मोरङ । नेपाल टेलिकमको तार चोरी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ६ का २१ वर्षीय विजय सहनी, वर्ष १८ का राज सहनी, वर्ष २१ का रबिन सहनी र वर्ष १९ का सुमित सहनी रहेको जिल्ला प्रहरी मोरङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले मंगलबार राति ८ बजेतिर चेकजाँचका क्रममा विराटनगर- ४ जमानुगाछीबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले टेलिकमको १५० पेयर, २२० मिटर केवल तार र को९प ४१५८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनालाई चोरी ऐनअन्तर्गत थप अनुसन्धानसँगै कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *