समाचार

काठमाडौंबाट सुन गोहोरासहित दुई जना पक्राउ

sun gohoro

६ असोज, काठमाडौं । काठमाडौंको मुलपानीबाट दुर्लभ वन्यजन्तु सुन गोहोरासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का २१ वर्षीय बिशाल तामाङ र सोही ठाउँका १९ वर्षीय सुभास तामाङ रहेका छन् । सुन गोहोरो सरीसृप वर्गमा पर्ने दुर्लभ जनावर हो ।

कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीमा डेरा गरी बस्ने रामेछापको गोकुलगंगा गाउँपालिका–६ का मोहन तामाङको कोठा खानतलासी गर्ने क्रममा सुन गोहोरा बरामद भएको प्रहरीले जनाएको छ । अन्दाजी १.५ इन्च लामो जिउँदो अवस्थामा रहेको सुन गोहोरा चकलेटको बट्टामा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुर्लभ बन्यजन्तु बिक्री गर्ने उद्देश्यले लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

हाल फरार मोहनको प्रहरीले खोजी गरिरहेको छ। उक्त वन्यजन्तु आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस