जीवनशैली

सिन्दुर लगाउनु हुन्छ, ख्याल गर्नुस्

sindur

७ असोज, काठमाडौं । हिन्दु संस्काअनुसार विवाहीत महिलाले सिन्दुरको प्रयोग गर्ने गर्छन् । तर, त्यस्ता सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक पाइएका छन् । एक अध्ययन अनुसार सिन्दुरमा लिड अर्था सिसाको अधिक प्रयोग हुने गरेको छ । लिड मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

सिन्दुरको रंगलाई गाढा बनाउन टेट्रोक्साइड नामक सिसाको प्रयोग गरिएको पाइन्छ । न्युजर्सीस्थित रच्गर स्कुल अफ पव्लिक हेल्थ, पिस्काटावेका शोधकर्ताहरुले गरेको नमुना परिक्षणमा कुल ११८ वटा सिन्दुरको नमुना परीक्षण गरिएको थियो ।

त्यसमध्ये ९५ वटा नमुना न्यूजर्सीमा र बाँकी २३ वटा भारतको मुम्बई तथा दिल्लीका शहरबाट मगाइएको थियो ।

संकलित सिन्दुरमध्ये ८० प्रतिशतमा न्यूतमम मात्रामा लिडको प्रयोग भएको पाइएको थियो । त्यस्तै बाँकीमा अमेरिकन फुड तथा ड्रग एडमिनिस्ट्रेसनले तोकेको मापदण्ड भन्दा अधिक मात्रामा सिसाको प्रयोग भएको पाइएको थियो ।

सिँउदोमा प्रयोग गर्ने सिन्दुर हावाको माध्यामबाट हाम्रो फोक्सोमा पुग्छ । त्यस्तै, खानाको माध्यामबाट पेटमा पुग्छ । यतिबेला त्यसमा रहेको सिसाको सोझो असर शरीरमा पर्ने नै भयो । अझ यसको जोखिम बर्ग, नवजात शिशु हुन् । आमाको सिन्दुरले उनीहरुको स्वास्थ्यमा एकदमै प्रतिकुल असर पार्न सक्छ । अध्ययनमा भनिएको छ, ‘६ बर्ष भन्दा कम उमेरका बच्चाका लागि यो थप हानिकारक छ ।’

नमुना परिक्षणका क्रममा ८३ प्रतिशत अमेरिकी सिन्दुर तथा ७८ प्रतिशत भारतीय सिन्दुरमध्ये दुवैमा सिसाको मात्रा कम्तीमा एक माइक्रोग्राम पाइएको थियो । ‘सिसामा निश्चित मात्रा भन्ने हुँदैन, त्यसैले यो कसैको लागि पनि सुरक्षित छैन ।’ सोधमा उल्लेख छ । अझ ६ बर्ष भन्दा कम उमेरका बालबालिका त यसको जोखिम बर्गमा छन् ।

रङ, धुलो आदिमा सिसाको प्रयोगले स्वास्थ्यलाई त खराब गर्छ नै, वौद्धिक क्षमतामा समेत ह्रास आउने बताइन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस